कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रुपन्देहीमा पत्रकार कोरोना तथा आपतकालीन कोष स्थापना

अमृता अनमोल

बुटवल — कोरोना संक्रमणका कारण समस्या भोग्ने र रोजीरोटी गुमाउने पत्रकारहरु बढेपछि रुपन्देहीमा पत्रकार कोरोना तथा आपतकालीन कोष स्थापना गरेको छ ।

रुपन्देहीमा पत्रकार कोरोना तथा आपतकालीन कोष स्थापना

नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाा सहयोग गर्ने प्रतिवद्धता भएको छ । जसमा २ लाख ५० हजार रुपैयाा पत्रकार महासंघको कोषमा जम्मा भइसकेको छ ।

कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुने क्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष रामराज पोखरेलले बताए । ‘पत्रकारको उपचार, राहत तथा आपतकालीन अवस्थामा कोषको रकम प्रयोग छ,’ उनले भने । सुरुवातमा पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसाग समन्वय र सहकार्य गर्ने त्यसले पनि नभए कोषको रकमलाई प्रयोग गर्ने अध्यक्ष पोखरेलले बताए ।

कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएका छन् । यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासाग सहकार्य गरी स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?