२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

रुपन्देहीमा चितवनबाट १ सय ५० सिलिन्डर अक्सिजन ल्याइयो

अमृता अनमोल

बुटवल — प्राण वायू अक्सिजन अभावले अस्पतालमै बिरामीको उपचार रोकिएपछि रुपन्देहीमा विभिन्न स्थानबाट आपतकालीन अक्सिजन जुटाउन थालिएको छ । 

रुपन्देहीमा चितवनबाट १ सय ५० सिलिन्डर अक्सिजन ल्याइयो

बिहीबार चितवनबाट १ सय ५० थान भरी अक्सिजन सिलिन्डर ल्याइएको छ । ती सबै सिलिन्डर भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

आईसीयूमै रहेका अस्पतालका बिरामीको पनि उपचार रोकिएपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्रले चितवनका अक्सिजन उद्योगहरुसँग अक्सिजन दिन आग्रह गरेको थियो । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल एवं त्यसअन्तरगतको कोरोना विशेष अस्पताल , भीम अस्पताल भैरहवा , युनिर्भसल मेडिकल कलेज भैरहवा र क्रिमशन अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । जटिल खालका बिरामीको उपचार रोकिन नदिन कास्की र विराटनगरबाट समेत अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको प्रजिअ तामाङले बताए ।

उद्योगहरुको उत्पादन क्षमता घट्दै जाने तर अस्पतालमा बिरामी बढ्दै जाने गरेपछि रुपन्देहीमा अक्सिजनको चरम अभाव भएको छ । अभाव हटाउन आपतकालीन रुपमा बुधबार राति चितवन र सिमराबाट ४० सिलिन्डर अक्सिजन ल्याइएको थियो । ती बुटवलको कोरोना विशेष अस्पतालमा दिइएको थियो । अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालहरुले आकस्मिक र एचडीयूमा उपचाररत बिरामीलाई आफैं अक्सिजन जोहो गर्न भनेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?