२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

रुपन्देहीमा जेठ १३ सम्म निषेधाज्ञा थप

माधव ढुंगाना

भैरहवा — जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ । कोभिडको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा बढाइएको हो ।

बुधबारको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो । निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत्, दमकल, संचार, भन्सार, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेकका साधन संचालन गर्न पाइने छैन । अतिआवश्यक बाहेकका पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत जनक थापाले बताए ।

खाद्यान्न, ग्यास, तरकारी, फलफूल, दुध लगायतका दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि उद्योग व्यापार संगठन र सिद्धार्थ उद्योग वाणिज्य संघले व्यवस्था मिलाउने र कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने जनाइएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?