कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बर्दियामा अक्सिजन सिलिण्डरको अभाव

कमल पन्थी

बर्दिया — जिल्लाको आठ पालिकासहित बर्दिया अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा उपचारमा समस्या भएको छ । कोभिडका बिरामीलाई प्राथमिक उपचार बाहेक अक्सिजनको अभावले समस्या हुन थालेको छ ।

बर्दियामा अक्सिजन सिलिण्डरको अभाव

जिल्ला अस्पतालमा ३१ वटा अक्सिजन भएपनि थप १ सय ४ वटा ठूला सिलिण्डरको अभाव भएको जनाएको छ । कोभिडका बिरामी थपिदै गएपछि सुत्केरी लगायत अन्य इमरजेन्सीका बिरामीका लागि अक्सिजन सिलिण्डर नभएको अस्पतालका मेसु डा. सुभाष पाण्डेयले बताए ।

बुधबार ५ वटा सिलिण्डर खरिद गरिएको उनले बताए । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएका कारण यहाँ आउने बिरामीका लागि थप समस्या आउन थालेको मेसु पाण्डेयले गुनासो पोखेका छन् । ठूलो सिलिण्डर बजारमा नपाएका कारण पालिकाले खरिद गर्न नपाएको जिल्ला समन्वय समितिका प्रमुख शंकर चौधरीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले आठवटा पालिकामा १ सय २६ वटा अक्सिजन सिलिण्डर मौज्दात रहेको उनले बताए । ३१ वटा जिल्ला अस्पताल र १६ वटा साना सिलिण्डर अक्सिजन बैंकमा रहेको उनले जनाए ।

गम्भिर खालका आएका बिरामीका लागि साना सिलिण्डरले अक्सिजन दिन नपुग्ने स्वास्थ्यकर्मी बताउँछन् । सामान्य खालका बिरामीलाई तत्काल प्राथमिक उपचारका लागि सानो सिलिण्डर प्रयोग हुन्छ । तर गम्भिर खालका बिरामीलाई अन्य ठाउँ रिफर गर्नु पर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

'मेरो लागि अक्सिजनमा, मेरो योगदान' भन्ने उद्देश्यका साथ यहाँका युवा व्यवसायीले स्थापना गरेको अक्सिजन बैंकले १६ वटा साना अक्सिजन सिलिण्डर जोहो गरेको युवा व्यवसायी भेषराज पौडेलले बताए । अक्सिजन सकिएपछि सिलिण्डर भर्न नेपालगन्ज लैजानुपर्ने र त्यहाँ सिलिण्डर भर्नका लागि लाम लाग्नुपर्ने बाध्यता छ ।

प्रकाशित : वैशाख २९, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?