१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

सन्जु पौडेल

तिलोत्तमा — नेपाली कांग्रेस रुपन्देहिको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवासका लागि दिइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए । 

कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

कोरोना महामारीको उपचार भइरहेका अस्पतालमा बिरामीका लागि बेड अभाव भइरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

सोही बमोजिम भिम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्यनजर गरी बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको उनले जानकारी दिए ।

आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य संस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत उनले बताए ।

प्रकाशित : वैशाख २९, २०७८ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?