कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बर्दियामा कोरोनाबाट थप दुई जनाको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दियामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियामा कोरोनाबाट थप दुई जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार राजापुर नगरपालिका—४ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले जनाए । वैशाख २० गते भेरी अस्पतालमा भर्ना भइ २१ गते डिस्चार्ज भएर होम आइसोलेसनमा बसेकी थिइन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका—३ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा आर्मी अस्पतालमा मृत्यु भएको उनले बताए । उनलाई वैशाख २६ गते कोरोना संक्रमित अस्पतालमा भर्ना गरिएको थियो ।

पछिल्लो २४ घण्टामा बर्दियामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?