कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा थप तीन संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला रहेका छन् । 

बुटवलमा थप तीन संक्रमितको मृत्यु

गत वैशाख १७ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बनगाई–८ का ४३ वर्षीय पुरुषको आइतबार राति साढे ८ बजे, १८ गते भर्ना भएकी दाङको तुलसीपुर–५ की ३७ वर्षीया महिलाको राति १० बजे र २३ गते भर्ना भएका रुपन्देहीको तिलोत्तमा–२ का ५६ वर्षीय पुरुषको ९ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनका अनुसार आईसीयूमा उपचाररत ती बिरामीमा श्वासप्रश्वासको समस्या थियो ।


प्रकाशित : वैशाख २७, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?