कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिकिस्त र श्वास लिन समस्या भएका बिरामीलाई घरमै अक्सिजन

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरले सिकिस्त र सास लिन समस्या भएका बिरामीलाई घरमै अक्सिजन सेवा दिन थालेको छ । ५ दिनको अवधिमा २ सय १० जनालाई अक्सिजन सेवा प्रदान गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । यस अवधिमा स्वास्थ्यकर्मीको टोली २ सय ७० जना संक्रमितको घरमा पुगेको छ ।

सिकिस्त र श्वास लिन समस्या भएका बिरामीलाई घरमै अक्सिजन

घरघरै सिकिस्त बिरामी बढेपछि बुटवल उपमहानगरपालिकाले घरमै अक्सिजनसहित स्वास्थ्यकर्मीको टोली पठाउन सुरु गरेको थियो । बिरामीको आधारभूत उपचार र अक्सिजन प्रवाहका लागि होम डेलिभरी सेवा सुरु गरेको हो ।

‘अफ्ठेरो परेको र बोलाएको स्थानमा २४ सै घण्टा स्वास्थयकर्मीको टोली खटेको छ,’ रेग्मीले भने । घरमा अक्सिजन एवं स्वास्थयकर्मीको टोली जान थालेपछि अस्पताल जाने बिरामी घटेको उपमहानगरको दाबी छ ।

उपमहानगरले सुरु गरेको अक्सिजन बैंकमा १ सय ४९ ठूला साना सिलिण्डर छन् । होम आइसोलेसन, सामुदायिक आइसोलेसन र होटल आइसोलेसनमा बसेका सिकिस्त बिरामीलाई उक्त अक्सिजन प्रयोग गर्ने गरिएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रत्यक्ष परीक्षण गरेर एक बिरामीलाई अवस्था हेरेर ३ वटासम्म सिलिण्डर लगाइदिने गरिएको छ । अक्सिजन दिएलगत्तै नगर प्रहरीले सिलिण्डर उठाएर ल्याउने गरेको अक्सिजन व्यवस्थापनमा खटेका नगरप्रमुखका स्वकीय सचिव मेघराज भट्टराईले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?