३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिकामा धारिलो हतियार प्रहार गरी आइतबार श्रीमतीको हत्या गरिएको छ । गढवा–२, महदेवा निवासी ३७ वर्षीय धनिराम चौधरीले ३८ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

धनिरामलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

डिप्रेसनका बिरामी रहेका धनिरामले बिहान खाना खाने समयमा श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी गढवाले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?