भारतबाट अक्सिजन ल्याइएपछि नेपालगन्ज मेडिकल कलेजमा बिरामी भर्ना सुरु

मधु शाही

बाँके — कोहलपुरस्थित नेपालगन्ज मेडिक शिक्षण अस्पतालमा आइतबार अक्सिजन लिक्वीड आइपुगेपछि बिरामी भर्ना सुरु गरिएको छ । उक्त अस्पतालमा अक्सिजन अभावमा एक सातादेखि बिरामी भर्ना रोकिएको थियो । 

भारतबाट अक्सिजन ल्याइएपछि नेपालगन्ज मेडिकल कलेजमा बिरामी भर्ना सुरु

‘अहिले केही बिरामी भर्ना गर्न सुरु गरेका छौं’, अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठ ले भने,‘यद्यपि यति अक्सिजन प्रयाप्त होइन ।’ उनका अनुसार विरगन्ज नाका हुँदै भारतको जम्सेदपुरबाट एक ट्यांक लिक्वीट अक्सीजन आइतबार दिउँसो अस्पतालमा आइपुगको छ । एक ट्यांकर लिक्वीट अक्सिजन पाँच दिनसम्म पुग्न सक्ने उनले बताए ।

'हरेक १५/१५ दिनमा एक ट्र्यांकर लिक्वीड अक्सिजन ल्याउने कुरा छ । तर, भारतले नियमित दियो भने समस्या हुँदैन,' डा. श्रेष्ठले भने ।

प्रकाशित : वैशाख २६, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?