२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बेलझुण्डी अस्पतालमा एकै दिन ५ जना संक्रमितको मृत्यु

दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुण्डीमा आइतबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलझुण्डी अस्पतालमा एकै दिन ५ जना संक्रमितको मृत्यु

घोराही उपमहानगरपालिका–७ का ४१ वर्षीय पुरुष, घोराही १४ का ५९ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–७ की ५८ वर्षीया महिला, बबई गाउँपालिका–४ की २७ वर्षीया महिला र दंगिशरण गाउँपालिका–६ की ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

अहिलेसम्म अस्पतालमा ३३ जनाको मृत्यु भइसकेको उनले बताए । बिरामीहरुलाई श्वासप्रश्वासको समस्यासँगै निमोनिया भएको थियो । अस्पतालमा हाल ६८ बिरामी छन् ।

हालसम्म जिल्लामा १ सय ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । जिल्लामा हाल २ हजार ४ सय ८१ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । उनका अनुसार आइतबार मात्रै ४ सय ६७ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?