१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिक्षण अस्पतालमा आइपुग्यो अक्सिजन

ठाकुरसिंह थारू

नेपालगन्ज — शिक्षण अस्पताल नेपालगन्जलाई कोरोनाका बिरामीका लागि आवश्यक पर्ने लिक्विड अक्सिजन आइपुगेको छ । अस्पतालले अक्सिजन नभएको भन्दै कोरोनाका बिरामी भर्ना बन्द गरेको थियो ।

शिक्षण अस्पतालमा आइपुग्यो अक्सिजन

कोरोना स्रोत व्यक्ति डा. दिनेश श्रेष्ठले आइतबार पौने चार बजेतिर अक्सिजन बोकेको ट्याकर आइपुगेको जनाए । ‘अक्सिजन आयो । कति बिरामीलाई भर्ना गर्न सकिन्छ छलफल भइरहेको छ,’ उनले भने,‘सकेसम्म आजै साँझबाट भर्ना लिन्छौं होला ।’

उक्त अस्पतालमा १०६ कोरोना संक्रमित भर्ना छन् । जसमध्ये २९ जनाको स्वास्थ्य अवस्था जटिल छ । अक्सिजन अभावकै कारण भेन्टीलेटर बन्द गरिएको थियो । उक्त अक्सिजन भारतको झारखण्डबाट मगाइएको हो ।

प्रकाशित : वैशाख २६, २०७८ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?