कपिलवस्तुमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणले आइतबार यहाँ चार जना संक्रमितको मृत्यु भएको छ । 

वाणगंगा नगरपालिका–१ की ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै वाणगंगा नगरपालिका–५ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । घरमा आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पिपरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै, विजयनगर गाउँपालिका–४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको गाउँपालिकाले संचालन गरेको गणेशपुर आइसोलेसन सेन्टरमा उपचार हुँदाहुँदै मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–२ का ४० वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनको कपिलवस्तु अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

शनिबार मात्रै ६ जनाको मृत्यु भएको थियो । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित एक हजार ३० पुगेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?