२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट शनिबार रातभरिमा पाँच जनाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–२ की ५३ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु

यस्तै कैलालीको लम्कीचुहाका ४३ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ४१ वर्षीय पुरुष र नेपालगन्ज–११ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका आनुसार यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका मध्ये १ सय ३६ जनाको मृत्यु भएको छ ।


प्रकाशित : वैशाख २६, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?