कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाल्पामा कोरोनाबाट थप दुईको मृत्यु

माधव अर्याल

पाल्पा — कोरोना भाइरस संक्रमणबाट पाल्पामा शनिबार थप दुई जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–२, सामोदी सर्देवाका ५२ वर्षीय पुरुष र तानसेन नगरपालिका–७, का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

सोमादी सर्देवाका पुरुष सिजी सिमेन्ट कम्पनी नजिकै होटल व्यवसाय गर्दै आएको र अर्का व्यवसायीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज आएका थिए । उनको शव परिवारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रिडी घाटमा अन्त्येष्टि गरेका छन् ।

तानसेन–७, का पुरुष तानसेन–६, क्याम्पस रोडमा होम आइसोलेसनमा बस्दै आएका थिए । शुक्रबार श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी मेडिकल कलेज प्रभास लगेका थिए ।

यसैबीच, पाल्पामा शनिबार थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६८ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०७८ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?