बुटवल कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु

सन्जु पौडेल

बुटवल — रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

बुटवल कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु

उनका अनुसार वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।

दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?