१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पताल प्रांगणमै गयो ज्यान

मधु शाही

बाँके — कोहलपुर नगरपालिका—५ का ५९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पतालमा ज्यान गएको छ ।

पीसीआर रिपोर्ट कुर्दाकुर्दै अस्पताल प्रांगणमै गयो ज्यान

शुक्रबार ३ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोलहपुरमा परिवारले बिरामी ल्याएर अस्पताल प्रांगणमा पीसीआर रिपोर्ट पर्खेका थिए ।

पीसीआर कुर्दाकुर्दै बिरामीको मृत्यु भएपछि आफन्तीले रिक्सामा राखेर कालो प्लास्टिकले बेरेर शव घर लगेको तस्बिर कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेका छन् । उनले फेसबुक पोस्टमा संक्रमितको अवस्था दिनानु दिन बढ्दै गएकोले मनोबल बढाउन अनुरोध समेत गरेका छन् ।

प्रकाशित : वैशाख २४, २०७८ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?