१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गुल्मीमा जेठ ४ सम्म थपियो निषेधाज्ञा

वीरेन्द्र केसी

अर्घाखाँची — कोरोना संक्रमणको संख्या बढदै गएपछि गुल्मी जिल्ला प्रशासन कार्यालयले १० दिन निषेधाज्ञा थपेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पहिले शुक्रबारसम्म निषेधाज्ञा गरेको थियो ।

शनिबारदेखि जेठ ४ गतेसम्म दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्न पाइनेछ । तम्घास र गाउँमा रहेका बैंक सबै बन्द गरिएको छ । मानवीय र आकस्मिक समस्यामा भने सहजीकरण गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

विवाह, दाहसंस्कारमा १५ जनाभन्दा बढी जमघट हुन नपाइने भएको छ । बजार, पसल, चोक तथा गाउँघरमा भीडभाड गर्न पाइने छैन । कोरोना संक्रमितको संख्या बढेकाले दोस्रो चरणको लकडाउनलाई कडाई गरिएको भण्डारीले बताए ।

प्रकाशित : वैशाख २४, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?