रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकामा दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी–२ का ६० वर्षीय पुरुष र २२ वर्षीय पुरुष रहेका छन् ।

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यमा समस्या भएपछि बिहीबार भैरहवास्थित एक निजी अस्पतालमा पीसीआर जाँच गराउंँदा पोजेटिभ आएपछि आइसोलेसनमा ल्याइएका २२ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल अफिसर डा उमेश गुप्ताले बताए ।

त्यस्तै, ६० वर्षीय पुरुष भने विगत एक सातादेखि होम आइसोलेसनमा बसेको र अक्सिजनको समस्या भएपछि आइसोलेसन अस्पतालमा ल्याइ उपचार गर्दा राति ११ बजे मृत्यु भएको हो ।

‘दुवैको अक्सिजन स्याचुरेसन ४० र ५० को बीच थियो’, डा. गुप्ताले भने, ‘आईसियु व्यवस्थापन गरी लैजानुपर्छ भनी परिवारलाई सुझायौं, आइसियु नपाएपछि अस्पतालमै ज्यान गयो ।’

अस्पतालमा उपलब्ध सबैभन्दा धेरै लिटरको अक्सिजनमा राख्दा समेत लेभल नबढेपछि आईसियु सहितका अस्पतालमा बेड खोजी गरेको र नपाएको अवस्थामा दुवै बिरामीले ज्यान गुमाएको भन्दै उनले अन्तिम अवस्था भएका बिरामीलाई अस्थायी आइसोलेसन अस्पतालको उपचारले निको हुने सम्भावना कम रहने बताए ।

प्रकाशित : वैशाख २४, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?