कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाँकेमा बिहीबार ५ सय ८ जना संक्रमित डिस्चार्ज

रुपा गहतराज

काठमाडौँ — बाँकेमा कोरोना संक्रमण दर बढ्दै जाँदा उपचार पछि निको भएर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । बाँकेमा बिहीबार ५ सय ८ जना संक्रमित निको भएर घर फर्केका छन् । दुई सय ४१ महिला र २ सय ६७ जना पुरुषले कोरोनाबाट मुक्त भएका हुन् ।

बाँकेमा बिहीबार ५ सय ८ जना संक्रमित डिस्चार्ज

अहिले बाँकेका अस्पतालमा ५ सय ७६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ५९ जना कोरोना संक्रमित रहेका छन् । भेन्टिलेटरमा १० जना बिरामी छन् ।

यसैबीच बिहीबार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा २ सय ७३ जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा एक सय ९ जनाको परीक्षण गर्दा ८६ जनामा र बागेश्वरी ल्याबमा २ सय ८३ जनाको परीक्षण गर्दा एक सय ८७ जनालाई कोरोना देखिएको हो ।

सबैभन्दा धेरै जनाको स्वाब परीक्षण हुने गरेको भेरी अस्पतालको बिहीबार रिपोर्ट बाहिर आइसकेको छैन । भारतबाट आउँदा नाकामा हुने एन्टिजिन जाँचको रिपोर्ट पनि अझै आएको छैन ।

प्रकाशित : वैशाख २३, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?