२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रुपन्देही प्रशासनद्वारा ५ सय ३८ वटा अक्सिजन सिलिन्डर संकलन 

लुम्बिनी अस्पताललाई ६८ र मेडिकल कलेजलाई सय सिलिन्डर प्रदान
अमृता अनमोल

बुटवल — अक्सिजन अभावमा उपचार प्रभावित भएपछि रुपन्देही प्रशासनले ठूला उद्योगहरुबाट अक्सिजन सिलिन्डर संकलन थालेको छ ।

रुपन्देही प्रशासनद्वारा ५ सय ३८ वटा अक्सिजन सिलिन्डर संकलन 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुटवल र भैरहवाका उद्योगबाट बिहीबार सिलिन्डर संकलन गरेको हो ।

अहिलेसम्म ५ सय ३८ वटा सिलिन्डर संकलन भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । जसमा ४ सय १८ खाली छन् । अरु भरी छन् । भरी सिलिन्डरमध्ये ६८ वटा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजलाई खाली एक सय सिलिन्डर उपलब्ध गराएको प्रजिअ तामाङले बताए ।

संकलित सिलिन्डर मागका आधारमा अस्पताल वा ग्यास उद्योगलाई उपलब्ध गराउने प्रजिअ तामाङको भनाइ छ ।

प्रकाशित : वैशाख २३, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?