२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अक्सिजन बैंकलाई ३६ वटा सिलिन्डर सहयोग

सन्जु पौडेल

तिलोत्तमा — बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ ।

अक्सिजन बैंकलाई ३६ वटा सिलिन्डर सहयोग

मैनाबगर क्षेत्रमा रहेका व्यवसायीसँगबाट संकलित ३६ थान अक्सिजन सिलिण्डर एसोसियएसनले बिहीबार उपमहानगरपालिकामा हस्तान्तरण गरेको हो ।

भरिएका १४ र खाली २२ थान सिलिण्डर उपमहानगरलाई दिइएको एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बताए । परिस्थिति जोखिमपूर्ण रहेकाले यसबाट छुटकारा पाउन सबैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्नुपर्ने भन्दै उनले अहिले व्यवसाय बन्द रहेकाले अक्सिजन सहयोग गर्न सकिएको बताए ।

बुटवलले अक्सिजन सेवाका लागि गर्भवती र सुत्केरी महिला, दीर्घरोगी, ज्येष्ठ नागरिक र अशक्तलाई पहिलो प्राथमिकतामा राखेको छ । बुटवलका १९ वटै वडामा रहेका होम आइसोलेसन, होटल आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका लक्षणसहितका संक्रमितलाई एम्बुलेन्ससहितको सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?