कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कपिलवस्तुमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणबाट बिहीबार यहाँ ४ जना पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तुमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

यशोधरा गाउँपालिका–७ का ५८ वर्षीय र कपिलवस्तु नगरपालिका–१ का वर्षीय पुरुषको तौलिहवास्थित चपरतल्लामा रहेको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हाे ।

महाराजगन्ज नगरपालिका–७ का एक पुरुषको कपिलवस्तु अस्पतालमा मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु नगरपालिका–१ का ५६ वर्षीय पुरुषको घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । बुधबार साँझै भैरहवास्थित मेडिकल कलेजमा बुद्धभूमि नगरपालिका–३ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

याेसँगै जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित ८ सय २९ जना रहेका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?