कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सियारीमा काेराेना संक्रमित बोक्न गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडी

अमृता अनमोल

बुटवल — काेराेना संक्रमितलाई बोक्न एम्बुलेन्स नपाएपछि रुपन्देहीको सियारी गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्ने गाडीमा संक्रमीत बोक्न सुरु गरेका छन् ।

सियारीमा काेराेना संक्रमित बोक्न गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडी

कोरोना संक्रमितलाई अस्पताल एवं आइसोलेसन केन्द्र पुर्‍याउन एम्बुलेन्स अभाव भएपछि बिहीबारदेखि गाउँपालिकाका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले प्रयोग गर्दै आएको लु १ झ ३७७ र लु १ झ ५०४ नम्बर सवारी साधनलाई कोरोना संक्रमित बिरामी बोक्न प्रयोग गरिएको हो ।

उपाध्यक्ष अमृता गुरुङले कोरोना संक्रमितलाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले आफ्ना गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको बताइन् ।

यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर र उपमेयरको गाडी बिरामी बोक्न दिने निर्णय गरेका थिए ।

प्रकाशित : वैशाख २३, २०७८ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?