कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अक्सिजन जुटाउन सहयोग गर्न मुख्यमन्त्री पोखरेलको अपिल

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका अस्पतालहरुमा अक्सिजन अभाव भएपछि मुख्यमन्त्री शंकर पोखरेलले सहयोगको अपिल गरेका छन् । उनले फेसबुकमार्फत् कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराइ सहयोग गर्न आग्रह गरेका हुन् ।

अक्सिजन जुटाउन सहयोग गर्न मुख्यमन्त्री पोखरेलको अपिल

अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजनको अभाव भएको उनको भनाइ छ । ‘कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौं,’ उनले भनेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही दाङ र बाँकेमा कोरोना विशेष अस्पताल छन् । ती चारवटैमा अक्सिजन अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?