३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही

बर्दिया — प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै मंगलबार साढे तीन सयभन्दा बढीलाई चर्को घाममा दुई घण्टा सडकमा उभ्याएको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही

अटेर गरी समूहमा भीड गर्ने, विभिन्न बहाना बनाई घरबाहिर निस्किनेमाथि प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जिल्लाभरि निषेधाज्ञाको पालना नगर्ने ३ सय ७१ जनालाई कारबाहीस्वरूप सडकमै दुई घण्टा उभ्याएर सम्झाइबुझाइ गरी छाडेको बताए । यसै गरी १ सय ७२ वटा मोटरसाइकल, १ सय ४५ साइकल र ६५ चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको उनले जनाए । प्रशासनले मंगलबारदेखि जिल्लामा थप १२ दिन निषेधाज्ञा जारी गरेको छ ।


प्रकाशित : वैशाख २२, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?