३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बुटवलमा सुरु भयो अक्सिजन बैंक

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि अक्सिजन बैंकको सुरुवात गरेको छ । उपमहानगरभित्र होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी उपमहानगरमा अक्सिजन बैंक सेवा शुभारम्भ गरिएको उपमहानगरका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए । 

बुटवलमा सुरु भयो अक्सिजन बैंक

'अहिले पहिलो लटमा १ सय वटा सिलिण्डर खरिद गरेका छौं,' उनले भने,'खपतको आधारमा बढाउने, रिफिल गर्ने र सेटअप गर्नेगरी थालनी भएको हो ।' पहिलो चरणमा १० लाख रुपैयाँ खर्च गरिएको भन्दै उनले अक्सिजन रिफिलमा लायन्स क्लब एरिया फोरले सहयोग गर्ने बताए ।

अक्सिजन बैंक बिरामीसम्म पुर्‍याउन, जडान र रेखदेखमा उपमहानगरका ८ शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ८ उपमहानगरले थप गरी खटाएका कर्मचरीले बैंक अन्तर्गत काम गर्ने उनले जनाए ।

प्रकाशित : वैशाख २१, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?