कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा मंगलबार बिहानदेखि निषेधाज्ञा

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुमा मंगलबार बिहान ४ बजेदेखि जिल्लाभर निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा वैशाख ३१ राति १२ बजेसम्म जारी रहने बताइएको छ ।

कपिलवस्तुमा मंगलबार बिहानदेखि निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको गत आइतबार बसेको बैठकले निषेधाज्ञा लगाउन सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञासँगै यहाँका बजार, पसल र सवारी यातायात बन्द भएका छन् । जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्दै गई सहरबजार र बस्तीमा मानवीय चहलपहल र भिडभाडले जोखिम बढेकाले न्यूनीकरण गर्न निषेधाज्ञा जारी गरिएको प्रजिअ पाण्डेले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ देखि दिउँसो १ बजेसम्म पसल खुला रहने प्रशासनले जनाएको छ । जिल्लामा सोमबार साँझसम्म ७ सय २५ सक्रिय संक्रमित पुगेका छन् । संक्रमणबाट ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?