कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भेरी अस्पतालका कुरुवा र बिरामीलाई उपमहानगरले खाना खुवाउने

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउन रकम सहयोग गर्ने भएको छ ।

भेरी अस्पतालका कुरुवा र बिरामीलाई उपमहानगरले खाना खुवाउने

अस्पतालका बिरामी रकुरुवालाई खाना खुवाइरहेका सुन्दरकाण्ड मित्र मण्डलले सञ्चालन गरेको अञ्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

विगतमा अस्पतालमा उपचाररत विपन्‍न बिरामी र कुरुवालाई २० रुपैयाँमा प्रतिछाक बिहानको खाना खुवाइरहेको रसोईलाई उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गरिरहेको थियो । पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोईले प्रतिछाक ८० रुपैयाँमा साँझको खाना खुवाइरहेको छ ।

रसोइले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एकलाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ ।

त्यहाँ कोरोना संक्रमणका कारण तातोपानीले भाडा धुने गरिएको छ । प्रत्येक टेबलमा खाना खाएर मान्छे गएपछि टेबल अनि कुर्सि सेनीटाइज गरिन्छ । ‘एउटा मान्छेको काम नै कुर्सी अनि टेबल सेनिटाइज गर्ने ड्युटीमा राखेका छौं,’ मण्डलका सदस्य जितेन्द्र सिहल भने,‘त्यसैले काम गर्ने मान्छेको मनोबल बढेको छ। यस्तो अवस्थामा काम गर्ने मान्छे पाउन सजिलो छैन ।’

अञ्जनी माता रसोईले बिहान मात्र खाना खुवाउने गरेपछि अस्पतालमा आएका बिमारीलाई साँझको खानाका लागि सास्ती भएपछि बिहीबारदेखि साँझको लागि पनि खानाको व्यवस्था सुरु गरेको हो ।

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रभित्र कोभिड बिरामीको सहजताका लागि अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले बताइन् । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल आइसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?