कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लुम्बिनीका स्वतन्त्र सांसद शाही र श्रीवास्तव भन्छन्- हाम्रो समर्थन एमालेमै छ, बदनियतपूर्वक हस्ताक्षर गराइयो

अमृता अनमोल

बुटवल — सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र प्रदेश सभा सदस्यले आफूहरू एमाले संसदीय दल छोडेर कतै नगएको बताएका छन् ।

लुम्बिनीका स्वतन्त्र सांसद शाही र श्रीवास्तव भन्छन्- हाम्रो समर्थन एमालेमै छ, बदनियतपूर्वक हस्ताक्षर गराइयो

प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले सोमबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । श्रीवास्तव कपिलवस्तु–२ ‘ख’ बाट र शाही नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित सांसद हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा सूर्य चिन्हबाट चुनाव लडेकाले आफूहरु एमाले संसदीय दलमै प्रतिवद्ध भएको र आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको उल्लेख छ ।

आइतबार माओवादी र कांग्रेससहितको गठबन्धनले उनीहरुले आफूलाई समर्थन गर्ने भन्दै हस्ताक्षर प्रस्तुत गरेका थिए । तर, विज्ञप्तिमा आइतबार माओवादीका कुलप्रसाद केसीलगायतले आफ्नो गठबन्धनको सरकार बनाउन लिएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको बताएका छन् ।

प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले बदनियतपूर्वक हस्ताक्षर गराइए पनि आफूहरु एमालेमै रहेको र कतै नजाने कान्तिपुरसँग बताए ।


प्रकाशित : वैशाख २०, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?