कोरोनाबाट पूर्व सहायकमन्त्री  प्रकाश चित्रकारको निधन

माधव ढुंगाना

भैरहवा — कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको सोमबार बिहान निधन भएको छ । 

कोरोनाबाट पूर्व सहायकमन्त्री  प्रकाश चित्रकारको निधन

सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री बनेका थिए ।

नेपाल विद्वत परिषद्, नागरिक समाजलगायतका संस्थामा आबद्ध चित्रकार राजावादी व्यक्तिको रुपमा परिचित थिए ।

उनले गत शुक्रबार युनिभर्सल शिक्षण अस्पतालमा स्वाब परीक्षण गराएका थिए । स्वास्थ्यमा समास्या आएपछि भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सूचना अधिकृत सुशील गुरुङले कोरोना संक्रमणबाट उनको फोक्सोमा निमोनियाले असर गरेको र श्वासप्रश्वासमा समस्या देखिएको बताए ।


प्रकाशित : वैशाख २०, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?