कपिलवस्तुमा मंगलबारदेखि निषेधाज्ञा

मनोज पौडेल

कपिलवस्तु — जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले वैशाख २१ देखि ३१ गतेसम्म ११ दिन निषेधाज्ञा लगाउने भएको छ ।

कपिलवस्तुमा मंगलबारदेखि निषेधाज्ञा

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले वैशाख २१ मंगलबार विहान ६ बजेदेखि ३१ गते शुक्रवार राति १२ सम्म निषेधाज्ञाको आदेश जारी गरेका छन् । जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएको र सहरबजार र बस्तीहरुमा मानवीय चहलपहलले जोखिम बढेकाले न्यूनिकरण गर्न निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरिएको प्रजिअ चक्रपाणी पाण्डेले बताए ।

निषेधाज्ञाका समयमा खाद्यान्न, तरकारी लगायत अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म पसल खुला रहने प्रशासनले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?