१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कुम्भ मेलाबाट फर्केका १० जनामा कोरोना

पाल्पा — केही दिनअघि भारतको हरिद्वारमा भएको कुम्भ मेलाबाट फर्केका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रामपुर नगरपालिका क्षेत्रबाट १५ जना कुम्भ मेलामा सहभागी भएका थिए ।

उनीहरूको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख तीर्थप्रसाद ढुंगानाले बताए ।

उनका अनुसार संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य छ । सबै संक्रमित होम आइसोलेसनमा छन् । नगरपालिकाले समुदायमा संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै कुम्भ मेलाबाट फर्किएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा शुक्रबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा अस्पतालका सात जना छन् ।

बगनासकाली गाउँपालिकाका दुई, रैनादेवी छहराका तीन र रामपर नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ । संक्रमितमध्ये १० जना अस्पतालमा र बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?