१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रुपन्देहीमा शनिबार थपिए ३ सय १ संक्रमित

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा १ सय ७१ पुरुष र १ सय ३० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा शनिबार थपिए ३ सय १ संक्रमित

शनिबार थपिएका संक्रमितमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवल उपमहानगमा १ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ६४ संक्रमित थपिएका छन् ।

त्यस्तै, सिद्धार्थनगरमा ४६ ,रोहिणी गाउँपालिकामा २३ , ओमसतियामा २०, सैनामैनामा १०, देवदहमा ८ र शुद्धोधनमा ७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा अहिले सम्म १ सय ६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ हजार ८० जना संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित : वैशाख ११, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?