रूपन्देहीमा छात्रावासमा किशोरीको मृत्यु - लुम्बिनी - कान्तिपुर समाचार

रूपन्देहीमा छात्रावासमा किशोरीको मृत्यु 

अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको अचानक मृत्यु भएको छ । विद्यालयको होस्टेलमा बसेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको विद्यालयका सहप्राचार्य लिलाधर किरातले जानकारी दिए । बिरामी भएपछि बिहान फोन गररे अभिभावकको जिम्मा लगाएका हौं । अस्पताल लैजाँदै गर्दा मृत्यु भएको खबर आयो’, उनले भने । 

छात्राको मृत्युपछि विद्यालयमा तनाव उत्पन्न भएको छ । विद्यालयमा पूर्वविद्यार्थी र आफन्तले विद्यालय बन्द गर्न माग गर्दै घेराउ र नाराबाजी गरेका छन् । बालिकामा ज्वरा आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या रहेको थियो । बालिका बिरामी भएपछि विद्यालयले शनिबार अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो । विद्यालयबाट ल्याइएकी उनलाई नजिकैको क्रिमसन अस्पतालमै लैजाँदै गर्दा मृत्यु भएको मृतक बालिकाका आफन्त भास्कर भण्डारीले जानकारी दिए ।

गुल्मी मजुवा घर भएकी तिलोत्तमा नयाँमिलमा ठूलोबाबा र आमाको सम्पर्क रहेकी थिइन् । विद्यालयको छात्रावासमा करिब ५० जना विद्यार्थी छन् ।


प्रकाशित : वैशाख ११, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङमा बस दुर्घटना, १ को मृत्यु २२ जना घाइते

डम्बरसिं राई

खोटाङ — हलेसीबाट सप्तरीका लागि छुटेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । हलेसी दर्शनमा आएका तीर्थालु बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा दुर्घटना हुँदा सिन्धुलीको झ्याङलेक गाउँपालिका–४ का १७ वर्षीय अनिल तामाङको मृत्यु भएको खोटाङका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार ४० जना यात्रु बोकेको बस बिहान १०:५५ बजे दुर्घटना भएको थियो । घाइतेहरुको घुर्मीस्थित जनसेवा हेल्थ केयर र आस्था लाइफ केयरमा उपचार भइरहेको छ । घाइतेमध्ये आठ जनालाई विराटनगर रेफर गरिएको पौडेलले बताए ।

प्रकाशित : वैशाख ११, २०७८ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×