१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बारबर्दियाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतमा कोरोना पुष्टि

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु र प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गुलरियामा कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाएका नगर प्रमुख थारुलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनले पहिलो खोप फागुन पहिलो साता लगाएका थिए । नगर प्रमुख थारुलाई कोरोना पुष्टि भएपछि प्रमुख प्रशासकिय अधिकृत बुढाको स्वास्थ्य परीक्षण गर्दा उनमा पनि संक्रमण पुष्टि भएकाे बारबर्दिया नगरपालिकाका स्वास्थ्य प्रमुख डिल्लीराज शर्माले बताए । अधिकृत बुढाले फागुन अन्तिम साता कोरोनाविरुद्ध पहिलो खोप लगाएको जनाए ।

योसँगै पछिल्लो २४ घण्टामा बर्दियामा थप ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले हालसम्म सक्रिय संक्रमितको संख्या २ सय १० पुगेको बताए । तीमध्ये कोरोना संक्रमित १४ जनाको भेरी अस्पताल र २ जना कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत छन् । अन्यको होम आइसोलेसनमा उपचार गराइरहेको सूचना अधिकारी श्रेष्ठले जनाए ।

पालिकाले बिहीबारदेखि १७ गतेसम्म यहाँका सबै शिक्षण संस्था बन्द गराएको छ ।

प्रकाशित : वैशाख १०, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?