कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अविश्‍वास प्रस्ताव दर्ताअघि नै एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको थियो : जसपा नेता पाण्डे

अमृता अनमोल

बुटवल — जनता समाजवादी पार्टी संसदीय दल लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको जनाएको छ ।

अविश्‍वास प्रस्ताव दर्ताअघि नै एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको थियो : जसपा नेता पाण्डे

जनता समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कुनै फरक प्रसंगमा लिइएको हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएको भन्दै निन्दा गरेको उल्लेख छ ।

‘अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै संसदीय दलको बैठक बसेर एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेकाले कुनै भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत निरन्तर रहेकाले भ्रममा नपर्न आग्रह गरिएको छ ।

यस्तै, प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष गरिएको समावेदनप्रति पनि सहमति नरहेको जनता समाजवादी पाटी संसदीय दलले बताएको छ । भर्खरै हिउँदे अधिवेशन सम्पन्न भएको र वर्षे अधिवेशन छिट्टै बस्ने भएकाले विशेष अधिवेशन बस्न आवश्यक नभएकाले जनता समाजवादी पार्टीले विशेष अधिवेशनका लागि समावेदन नगरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशमा जसपाका ६ प्रदेशसभा सदस्य छन् । उनीहरुमध्ये ४ जना सरकारमा सहभागी भएका छन् । त्यसअघि नै ४ सदस्यले संसदीयको बैठक बसी संसदीय दलको नेतामा सहश्रराम यादवको ठाउँमा सन्तोष पाण्डेलाई चयन गरेका थिए ।

प्रकाशित : वैशाख ८, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?