कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडकबाट टिपर खस्दा चालकको मृत्यु

माधव अर्याल

पाल्पा — जिल्लाको माथागढी गाउँपालिका–५ सुर्कावास हात्तीलुङमा बुधबार बिहान सडकबाट टिपर खस्दा चालकको मृत्यु भएको छ ।

सुनवलबाट माथागढी–५ चुनढुंगा खानीमा आउँदै गरेको टिपर दुर्घटना हुँदा सल्यानका ३७ वर्षीय राम बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

लु २ ख ३६३६ नम्बरको टिपर सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?