कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पाल्पामा ३९ परीक्षणमा १९ जनामा कोरोना पुष्टि

माधव अर्याल

पाल्पा — पाल्पामा ३९ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका १५ र जिल्लाभित्रका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार र मंगलबार जाँच गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पाल्पामा ३९ परीक्षणमा १९ जनामा कोरोना पुष्टि

तानसेनका ८, रिब्दीकोटका २, बगनासकालीका २, रैनादेवी छहराका ४, पूर्वखोलाका २ र रामपुरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार संक्रमित सबै होमआइसोलेसनमा छन् ।

भारतबाट आएकालाई नेसनल प्याथ ल्याब बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालको ल्याबमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १७ हजार २७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ३६ जना संक्रमित भएका थिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना भाइरसका ५४ जना संक्रमित छन् । जिल्लामा कोरोना भाइरस संक्रमित ३८ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप मंगलबारबाट लगाउन सुरु भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेका अनुसार दोस्रो डोजको एक हजार ८ सय ९४ जनालाई खोप लगाउने तय भएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?