लुम्बिनी

पाल्पामा ३९ परीक्षणमा १९ जनामा कोरोना पुष्टि

पाल्पामा ३९ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका १५ र जिल्लाभित्रका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार र मंगलबार जाँच गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।

युवा रोक्न गाउँमै कृषि पढाइ

वैदेशिक रोजगारीमा युवा शक्तिको मोहका कारण गाउँमा खेतबारी बर्सेनि बाँझिने क्रम बढेपछि युवालाई गाउँमै रोक्न कृषि विषय पढाउन थालिएको छ ।

सिद्धबाबा छिचोल्नै मुस्किल

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–चिडियाखोला (सिद्धबाबा) खण्ड कालोपत्र उप्किएर धुलाम्मे भएको छ । पाँच किलोमिटर यो सडक मर्मत नगर्दा यात्रु धूलोले हैरान भएका हुन् ।

घर नबन्दै जग्गाधनी पुर्जा वितरण

प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरणपूर्व जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ । घर निर्माण सम्पन्न नभएकाले नगरपालिकाले जग्गाधनी पुर्जा बनाएर वितरण सुरु गरेको हो ।

पुथाउत्तरगंगाका सबै वडा सचिवविहीन

१४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा सचिवविहीन छन् । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै यो गाउँपालिकाका सबै वडामा कहिल्यै निजामती कर्मचारी पूर्ति भएनन् । वडासचिवको जिम्मेवारी लामो समयदेखि सम्बन्धित वडाका स्वास्थ्यकर्मीले निर्वाह गरिरहेका छन् ।

तातोपानी क्षेत्र संरक्षणविहीन

आवश्यक पर्दा प्रयोग गर्ने तर बाँकी समय हेरचाह नपुग्दा जिल्लाका विभिन्न आठ तातोपानी क्षेत्र संकटमा परेका छन् । कात्तिक, मंसिर, पुस र माघमा तातोपानी क्षेत्रमा नुहाउन सजिलो हुने र छालाजन्य रोग निको हुने भन्दै सर्वसाधारण यस क्षेत्रमा पुग्ने गर्छन् । बालबालिका, किशोरकिशोरी, युवा तथा ज्येष्ठ नागरिकको रोजाइ तातोपानी क्षेत्र पर्ने गरेको छ ।

वैशाख ६, २०७८

पेस्तोलसहित युवा पक्राउ

पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान जिल्लाको भारतीय सिमावर्ती सुस्ता गाउँपालिका ५ रामनगरका स्थानीय २२ वर्षको सुनिल भेडियारलाई पेस्तोल र एक थान गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए । 

२४ घण्टाका लागि बेलहिया नाका बन्द

रुपन्देहीको भैरहवा (बेलहिया–सुनौली) नाका २४ घण्टाका लागि बन्द गरिएको छ । रुपन्देहीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यस्थित महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचन भएकाले नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

बाँकेमा होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु 

बाँकेमा होम आइसोलेसनमा बसेका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राति मृत्यु भएको हो ।

मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी

विश्वसम्पदामा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी वृद्धि गरिएपछि चौतर्फी विरोध भएको छ । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिनुपर्ने बेलामा लुम्बिनी विकास कोषले चर्को शुल्क वृद्धि गरेपछि स्थानीय, नागरिक अगुवा, पर्यटन व्यवसायी र भिक्षु–भिक्षुणीले विरोध जनाउँदै फिर्ता लिन माग गरेका हुन् ।

पासो लगाएर झुन्डिएको अवस्थामा कैदीको शव फेला

जिल्ला कारागार पाल्पाका एक कैदी शौचालयमा मृत भेटिएका छन् । शौचालयको भेन्टिलेटरमा पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । 

खुलमखुला लागूऔषध बिक्री

पश्चिम नवलपरासीमा लागूऔषधको बिक्री बढेको छ । सीमावर्ती त्रिवेणी नाकाको भारतीय बजारमा खुलेआम पाइने भएकाले लागूऔषधको बिक्री बढेको हो ।

१६ घण्टापछि संक्रमितको शव व्यवस्थापन

कोरोना संक्रमणबाट मृत्यु भएकी वृद्धाको १६ घण्टापछि शव व्यवस्थापन गरिएको छ । रामग्राम नगरपालिका–३ की ७१ वर्षीया महिलाको शनिबार राति घरमै मृत्यु भएको थियो । मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।