कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेस्तोलसहित युवा पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान जिल्लाको भारतीय सिमावर्ती सुस्ता गाउँपालिका ५ रामनगरका स्थानीय २२ वर्षको सुनिल भेडियारलाई पेस्तोल र एक थान गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए । 

पेस्तोलसहित युवा पक्राउ

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरको युपी ५७ ए जेड ५०१९ नम्बरको मोटरसाइकलमा सवार भेडियारलाई खानतलासी गर्दा चेम्बर लोड भएको पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका भेडियारलाई हात हतियार तथा खर खजनामा मुद्दा दर्ता गरेर के प्रयोजनको लागि हतियार बोकेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पश्चिम नवलपरासीको भारतसँग सिमाना जोडिएका सबै नाका बन्द गरिएको छ । पाल्हिनन्दन गाउँपालि-१ स्थित मूल भन्सार महेषपुर नाका र अन्य ४ स्थानका छोटी भन्सार का नाका पूर्णरुपले बन्द गरिएको छ । भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको चुनाव भएकाले आइतबार बिहानदेखि नै नाका पूर्णरुपले बन्द गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

दुवै देशका सिमाना जोडिएका जिल्लाका सुरक्षा अधिकारीको बैठकले चुनावमा हुन सक्ने सम्भावित घटना रोक्नका लागि चुनावको समयमा सीमानाका बन्द गर्ने प्रचलन रहँदै आएको छ । नेपालको सीमावर्ती जिल्लामा चुनाव हुँदा पनि नेपाल भारत सिमाना बन्द गर्ने गरिन्छ ।

प्रकाशित : वैशाख ६, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?