बाँकेमा होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु 

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा होम आइसोलेसनमा बसेका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राति मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार राति १२ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

मृतक व्यक्ति दीर्घरोगी (पक्षपात) को रोगी भएको, उपचारका लागि भारत गई वैशाख ४ गते नेपाल फर्केका थिए । वैशाख ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

स्वास्थ्यमा सुधार नहुने संकेत देखिएपछि अस्पतालकै सिफारिसमा परिवारको सल्लाहमा परिवारका सदस्यले घरमै लगेर राखेको अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?