अर्घाखाँचीमा चट्याङ लागेर बालकको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — चट्याङ परेर एक बालकको निधन भएको छ । मालारानी गाउँपालिका–३ गैलीका भरत चौहानका ९ वर्षीय छोरा सौरभको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरको आँगनमा असिनासँग खेल्दै गर्दा चट्याङ लगेपछि ढलेका थिए । उपचारको लागि सन्धिखर्क अस्पतालमा ल्याउँदै बाटोमै ज्यान गएको वडाध्यक्ष शोभाखर खनालले बताए ।

शनिबार दिउँसो करिब ३० मिनेटसम्म परेको असिनाले फलफूल, अन्नबाली नोक्सान गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?