बुटवलमा १६ तलासम्मका घर

बुटवल — बुटवल उपमहानगरपालिकामा अब बहुतले घर बनाउन पाइने भएको छ । उपमहानगरले व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माणलाई लक्षित गर्दै भवन निर्माणसम्बन्धी मापदण्ड, २०७७ बनाएको हो । अब १६ तलासम्मका भवन निर्माण गर्न सकिनेछ । ठूला भवन निर्माणका लागि उपमहानगरले १९ वटै वडाका सम्भावित क्षेत्रको भौगर्भिक अध्ययनसमेत गराएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

बहुतले भवन निर्माण गर्नुपूर्व सहरी विकास मन्त्रालयले जारी गरेको माटो परीक्षण निर्देशिका अनुसार माटो परीक्षण र भवनसंहिता पालना गर्नुपर्ने छ । पाँचदेखि १६ तल्लासम्मका भवनले अनिवार्य लिफ्ट राख्नुपर्ने सहरी विकास योजना प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख ४, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?