सञ्चालनमा आयो नेपालगन्जको कोरोना विशेष वार्ड

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कारोना संक्रमण बढ्दै गएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पुन: आईसीयु सहितको कोरोना विशेष वार्ड सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा आयो नेपालगन्जको कोरोना विशेष वार्ड

केही हप्तादेखि कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि नेपालगन्ज मेडिकल कलेजले पुन: कोभिड वार्ड सञ्चालनमा ल्याएको हो।

शुक्रबार रातिदेखि मेडिकल कलेजले कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड आईसीयु र आइसोलेसन सञ्चालनमा ल्याएको हो । अस्पतालले १५ श्य्याको आईसीयू तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर र मृत्युु दर तीव्र रुपमा बढ्दै जान थालेपछि कोभिड आईसीयु तथा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले बताए ।

कोरोनाको पहिलो माहामारीमा पनि कोरोना विशेष वार्ड सञ्चालन गरेको नेपालगन्ज मेडिकल कलेजले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।

शुक्रबार मात्रै मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएको थियो । मेडिकल कलेजले ४५ जनाको जाँच गरेकोमा सबैमा कोरोना पुष्टि भएको हो ।

प्रकाशित : वैशाख ४, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?