कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड महामारीसँगै सरकारसँग पनि लड्नुपर्ने बेला आयो : कोइराला

सन्जु पौडेल

तिलोत्तमा — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले कोभिड महामारीसँगै सरकारसँग पनि लड्नुपर्ने बेला आएको बताएकी छन् । प्रधानमन्त्री केपीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलुक अस्थिरतामा फसेको भन्दै उनले असफल सरकार र त्यसको असफल नेतृत्वका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताइन् ।

कोभिड महामारीसँगै सरकारसँग पनि लड्नुपर्ने बेला आयो : कोइराला

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता शुक्रबार उद्घाटन गर्दै नेतृ कोइरालाले मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नका लागि नेपाली कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।

मुलुकको समृद्धि र विकासका लागि स्व.गिरिजाप्रसाद कोइरालाले गरेको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको उनको भनाइ छ । कोइरालाले मुलुकलाई समृद्धतर्फ अघि बढाउन कांग्रेसले अग्रसरता लिई अघि बढ्नुपर्ने धारणा राखिन् । शनिबारसम्म चल्ने प्रतियोगितामा १३ विद्यालय सहभागी रहेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतिष्ठानले विगत ७ वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई ट्रफी र मेडलसहित क्रमश: १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?