२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घरघरबाटै बिक्दै कृषि उपज

रुकुम पूर्व — रुकुम पूर्वका उत्पादित अन्न घरघरबाटै बिक्री हुन थालेको छ । यसअघि उत्पादित खाद्यान्न बिक्री नहुँदा निराश किसान यस वर्ष उत्सााहित बनेका हुन् । भूमे गाउँपालिकाका किसानले उत्पादन गरेका सिमी, कोदो, भटमास, टिमुर, भाङ, फापरलगायत घरघरबाटै सजिलै बिक्री भइरहेका छन् ।

भूमे–२ को खाबाङ बजार र ९ नम्बर वडाको चुनबाङमा स्थापना गरिएका संकलन केन्द्रले कृषि उपज जम्मा गर्छन् । मारिङ बहुद्देश्यीय सहकारी संस्थाले कृषि उपज संकलन गरेर बिक्री गर्न थालेको छ । गाउँपालिकासँगको सहकार्यमा सहकारीले कृषि उपज संकलन गर्ने र विभिन्न बजारमा बेच्न थालेको हो । सहकारीका प्रतिनिधि कृषि संकलनका लागि घरघर पुग्ने गरेका छन् । सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले किसानले सट्टपट्टामा सामान दिने हुँदा चामल दिएर किसानको उत्पादन किनिएको अधिकारीले बताए ।

यसमा गाउँपालिकाले पनि किसानलाई थप अनुदान थपिदिएको सहकारीले जनाएको छ । विशेष गरी कोदो र फापर उत्पादन गरेका किसानले त्यसको मूल्यमा थप ५० प्रतिशत अनुदान पाएका छन् । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्च गर्दै छ । त्यसमा सहकारीले ५० लाख लगानी गर्दै छ ।

प्रकाशित : वैशाख ३, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?