बुटवल कोरोना अस्पतालमा एक जना संक्रमितको मृत्यु

केही दिनअघि भारतबाट फर्किएका थिए संक्रमित
सन्जु पौडेल

रुपन्देही — बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार एक संक्रमितको मृत्यु भएको छ । 

बुटवल कोरोना अस्पतालमा एक जना संक्रमितको मृत्यु

मृत्यु हुनेमा पर्वत जिल्लाको पैयुँ गाउँपालिका–५ का ३८ वर्षीय पुरुष रहेका छन् । केही दिनअघि भारतबाट आएका उनलाई १० दिनअघिदेखि ज्वरो आउने र खोकी लागेपछि चैत २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार साँझ ६ बजेर २० मिनेटमा ज्यान गएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा संक्रमण बढेपछि नेपालका सीमावर्ती जिल्लामा पनि संक्रमण बढ्ने सम्भावना रहेको छ ।

उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै थप २० हजार ५ सय १० जनामा कोरोना पुष्टि भएको प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई)ले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको पनि पीटीआईले जनाएको छ ।

प्रकाशित : वैशाख १, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?