२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भेरी अस्पतालको कोभिड वार्ड भरियो, भर्ना बन्द

ठाकुरसिंह थारु

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड कोरोना संक्रमितहरुले भरिएको छ । अस्पतालले थप कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएपछि अवस्था जटिल बनेको छ।

भेरी अस्पतालको कोभिड वार्ड भरियो, भर्ना बन्द

भेरी अस्पतालले १४२ बेडको कोभिड वार्ड बनाएको छ । तर जनशक्ति अभावका कारण ६५ बेडमात्रै सञ्चालनमा छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले कोरोनाका बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए । उनले सबै बेड भरिएको बताए । उपचारका लागि भर्ना भएका कोरोनाका सबै बिरामीलाई अक्सिजन दिइएको छ । २४ जना आईसीयूमा भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । पछिल्लो समय उपचारका लागि भर्ना भएका कोरोना संक्रमितहरुलाई होम आइलोसनमा राख्न नमिल्ने भएकाले बेड भरिएको अस्पताल प्रमुख डा. थापाले बताए ।

प्रदेश सरकारले भेरी अस्पताललाई चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मी पठाएको छ । उक्त जनशक्तिले सबै बिरामीको उपचार सम्भव नरहेको अस्पतालले जनाएको छ । मंगलबार ११३ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।

प्रकाशित : वैशाख १, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?