कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रुपन्देहीको गैडहवामा पेट्रोल पम्पमा आगलागी

अमृता अनमोल

बुटवल — रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । गैडहवा-७ गुलरियामा चोक नन्दनगरमा रहेको राजकुमार चौधरीको आशीष पेट्रोल पम्पमा आगलागी भएको हो ।

लु२ ख २८५७ नम्बरको टेंकर अनलोड गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

आगलागीबाट करिब १ लाख लिटर ईन्धन र ट्यांकर जलेर नष्ट भएको छ । पम्प सन्चालक हेमन्त चौधरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बुटवल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार लु २ ख २८५७ नम्बरको ट्यांकर अनलोड गर्ने क्रममा आगलागी भएको हो ।

आगोलाई बुटवल, भैरहवा र लुम्बिनीबाट गएका दमकलले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

प्रकाशित : चैत्र २९, २०७७ २३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?